March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राजेश हमाललाई काठमाण्डौको मेयर बन्ने चाहना

राजेश हमाललाई काठमाण्डौको मेयर बन्ने चाहना

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए । उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ । के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन् ।

यतिसम्मकी बजारमा राजेश नेकपा एमालेमा प्रवेश गर्ने समेत चर्चा चल्न थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समय पनि राजेश चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने हल्ला चलेको थियो । उक्त समय ओली र हमालको पटक–पटक भेट पनि भएको थियो । हुन त अभिनेता हमालले पनि राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन् । उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि उक्त संकेत मान्न सकिन्छ ।

 

Advertisement