December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतलाई लाग्यो चोरीको आरोप

‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतलाई लाग्यो चोरीको आरोप

१९ माघ ,२०७६, काठमाडौँ ।
नायक विराज भट्ट र नायिका निकिता चाण्डकको शीर्ष भूमिका रहेको चलचित्र ‘साङ्लो’मा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाउदै संगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन् ।

Advertisement


सुदीपले ‘रुद्रप्रिया’ का लागि आफूले यो गीत कम्पोज गर्न २ वर्ष अगाडि संगीतकार अधिकारीलाई दिएको भनेपछि विवादमा तानिएको हो । गीतमा रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको र क्षतीपूर्तिसहित फिल्मबाट गीत हटाउनु पर्ने उनको भनाई छ ।

Advertisement

विराजले भने यो गीत आफूले सुरेश अधिकारीसँग लिएको र उक्त गीतबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
यता संगीतकार सुरेश अधिकारीले यो गीत सुदीपकै भएको स्वीकार्दै युट्युबमा अपलोड गरिएको गीतमा गीतका शब्द निशान भट्टराईको भनेर लेखिनु प्राविधिक त्रुटि भएको बताएका छन् ।
यो फिल्म यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।