May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

भुवन केसीलगायत चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश

भुवन केसीलगायत चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश

अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको संघारमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् । चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णय अनुसार पार्टी प्रवेश गरेको जानकारी दिए ।

यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले जनाए । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । रावत श्वेताका पति समेत हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।

Advertisement