January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

पितासँगै मनाए प्रधानमन्त्री ओलीले जन्मदिन,फोटोफिचर

पितासँगै मनाए  प्रधानमन्त्री ओलीले जन्मदिन,फोटोफिचर


११ फागुन, काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्नो ६९ औं जन्मदिन मनाएका छन् । आइतबार विहान ओलीले बालुवाटारमा केक काटेर बर्थडे सेलिब्रेसन गरेका हुन् ।

Advertisement

झापामा रहँदै आएका ओलीका पिता पनि छोराको जन्मदिन मनाउन बालुवाटार आएका थिए । उनका शुभेच्छकहरुले बालुवाटारमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्री ओली आजै पुख्यौली थलो तेह्रथुम प्रस्थान गरेका छन् । प्रधानमन्त्री आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।