January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

‘माइती घर भाग–२, ‘माइत जाम’ तीजगीत बजारमा

‘माइती घर भाग–२, ‘माइत जाम’ तीजगीत बजारमा

Advertisement

काठमाडौं । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ ।

Advertisement

यसमा लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने चर्चित हास्य पात्रा यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ । साथमा पूजा भट्टसँगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ ।

भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।