April 30, 2025, Wednesday
[nepali_today_date]

चलचित्र निर्माण संघले फिल्म छायांकन केही समय रोक्न भनेपनि मान्दैनन् निर्माताः धमाधम छायांकन हुदै

चलचित्र निर्माण संघले फिल्म छायांकन केही समय रोक्न भनेपनि मान्दैनन् निर्माताः धमाधम छायांकन हुदै

२९ फागुन, काठमाडौं ।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला छायांकन रोक्न चलचित्र निर्माण संघले आग्रह गरेतापनि चलचित्र निर्माताले भने टेरेका छैनन् । अहिले पनि केही चलचित्रको छायांकन धमाधम भैरहेको छ ।
पोखरामा आजबाट दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘२ नम्बरी’ को छायाँकन सुरु भएको छ । छायाँकनको पहिलो दिन बिहिबार अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेनले फिल्मका लागि दृश्य दिइरहेका छन् ।

फिल्म ‘२ नम्बरी’


यसअघि नै, काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्र ए मेरो हजुर ४ को छायांकन सुरु भइसकेको छ । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो

चलचित्र ए मेरो हजुर ४


त्यस्तै, नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिसकिएको छ । चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

चलचित्र ‘परदेशी २’

Advertisement