January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

१७ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने पूर्वमिस नेपाल उषा खड्गीको निर्णय

१७ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने पूर्वमिस नेपाल उषा खड्गीको निर्णय

२ चैत्र, काठमाडौँ ।

Advertisement

पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छन्। उनको १७ वर्षअघि जिपी तिमल्सिनासँग विवाह भएको थियो।

Advertisement

खड्गीले आफ्नो फेसबुक एकाउन्टमा इमेज टेलिभिजनसँग गरेको कुराकानीको एउटा भिडियो क्लिप राख्दै १७ वर्षसम्म पनि आफूले शारीरिक तथा मानसिक यातना भोग्नु परेको भन्दै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको जानकारी दिएकी छिन् । 

उनले सेयर गरेको भिडियो क्लिपमा देख्न सकिन्छ, वैवाहिक सम्बन्धबारे कुरा गर्दै गर्दा उनी भक्कानिएकी छिन् । केही समय केही बोल्न सकेकी छैनन् । ‘१७ वर्षपछि पनि यो सब व्यहोर्नुपर्छ भने केको लागि कुर्नै ?’ उनले भनेकी छिन्, ‘त्यसैले यो निर्णय भएको हो ।’

दुई सन्तानका अविभावकसमेत रहेको यो जोडी सम्बन्धमा दरार आएसँगै केही समयअघि बाटै सामाजिक सञ्जालमा सम्बन्धका विषय पोष्ट गर्न थालेका थिए। तथापि उनीहरू सम्बन्ध विच्छेदको अवस्थामा भने पुगेका थिएनन्।

जिपी र उषाको करिब १९ वर्षअघि चिनजान भएको थियो भने दुई वर्षको रिलेसनशिपपछि विवाह भएको थियो। हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन्। यसअघि नै दुवैबीच डिभोर्स हुने चर्चा हुने गरेको थियो। यद्यपि दुवैले त्यसलाई नकार्दै आएका थिए।