January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सिनेमा हलमा नजान सरकारको आग्रह

०२ चैत्र, काठमाडौँ ।

Advertisement

नेपाल सरकारले सिनेमा हलमा नजान आग्रह गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो ।

Advertisement

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले बिहीवार साँझ १९ वटा निर्णय गरेको छ । सरकारले गरेको धेरै निर्णय मध्य १९ औं  नम्बरको बुँदामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवम् मेला महोत्सव सहभागी नहुन आम जनसमुदायलाई आह्वान गर्ने ।’

सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको हो ।

  यद्यपि सरकारले यो आह्वान गर्नुभन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । अब, झन् हलहरु सुनसान हुने भएका छन् । 

सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ ।