January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

आँचलको बिहे पार्टीमा पल र पूजा सहभागी नहुनुको कारण त यस्तो पो रहेछ !

आँचलको बिहे पार्टीमा पल र पूजा सहभागी नहुनुको कारण त  यस्तो पो रहेछ !

३ चैत, काठमाडौं ।
चलचित्र ‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री आँचल शर्मा फागुन २९ गते डा.उदिप श्रेष्ठ संग विवाह बन्धनमा बाधिएकी छन् । चलचित्रमा नायक पल शाह संग नाम जोडिएता पनि आँचल डेढ बर्ष अघिदेखि उदिपसँग प्रेम सम्बन्धमा रहेकी थिईन् । तर आँचलले यो कुरा भने केहि महिना अगाडि मात्र सार्वजनिक गरेकी थिईन् ।
पल र आँचलको जाडीलाई दर्शकले निकै रुचाएका थिए । यी दुईले तीन फिल्म ‘नाईं नभन्नू ल ४’ जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ सँगै दर्जनौं म्यूजिक भिडियोमा काम गरेका छन् । लामो समयसम्म उनीहरु एकअर्काको प्रेममा रहेको चर्चा पनि चलेको थियो । यिनिहरुलाई ‘आँप‘ जोडी भनेर पनि सम्बोधन गरिन्थ्यो ।
डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका आँचल र उदिपले शनिवार राजधानीमा रहेको पाँचतारे होटल हायतमा रिसेप्सन पार्टीको आयोजना गरेका थिए । बिहीवार विवाह गरेपछि उदिपको जन्मथलो चितवन पुगेका उनिहरु रिसेप्सन पार्टीमा सहभागी हुन सिम्रिक एयरको हेलिकप्टर चढेर पुगेका थिए ।

रिसेप्सन पार्टीमा बर्षा राउत देखि पुष्प खड्कासम्म आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना दिन पुगेका थिए ।
तर उक्त रिसेप्सन पार्टीमा पल शाह भने पुगेका थिएनन् । आँचलको विवाह पछि पलले आँचललाई इन्स्टाग्रममा अनफलो गरेका छन् । यसबाट पनि पल र आँचल पे्रम सम्बन्धमा रहेको तर बाहिर नखुलाएकोे बुझ्न सकिन्छ । आँचलको विवाह पछि सम्बन्धमा दरारपन उत्पन्न भई पल रिसप्ेसनमा नपुगेको हुन सक्ने धेरैको अनुमान रहेको छ ।
त्यस्तै अभिनेत्री पूजा शर्मा पनि आँचलको रिसेप्सन पार्टीमा पुगेकी थिईनन् । पुजा सँग पनि एक समय आँचलको राम्रो सम्बन्ध थियो । तर, गत वर्ष उनले पूजालाई लक्षित गर्दै एक स्टाटस लेखेपछि मित्रता दुश्मनीमा बदलिएर रिसेप्सन पार्टीमा जान नसक्ने कारण रहन सक्छ ।
अभिनेत्री आँचलले आफ्नो रिसेप्सन पार्टीमा पल र पूजा दुवैलाई निमन्त्रणा कार्ड पठाएकी थिइन् । तर उनिहरु यतिबेला ‘म यस्तो गीत गाउँछु’ को दुई सिरिजमा रोमान्स गरिसकेका उनीहरु आँचलको बिहे भोजमा उपस्थित भएनन् । यो जोडीले शुक्रवार नै मुक्तिनाथ दर्शन गर्न पुगेका छन् । गोप्य स्रोतका अनुसार, पल र पूजाले आँचलको बिहे पार्टीको निम्तो आएपछि अकास्मात मुक्तिनाथ दर्शनमा निस्कने योजना बनाएका थिए ।

Advertisement