सय करोड कलेक्सन गर्दै चलचित्र ‘बागी ३’
०४ चैत, काठमाण्डौ ।
गएको शुक्रबार रिलिज भएको टाइगर श्राफको फिल्म ‘बागी ३’ ले बक्स अफिसमा झण्डै सय करोड रुपैँया कलेक्शन गर्ने देखिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रत्यक्ष असर परेको उक्त चलचित्रले रिलिजको १० औं दिन आइपुग्दा कुल ९३ करोड भारू कलेक्सन गरेसंगै चलचित्रले सय करोड कलेक्सन गर्ने देखिएको हो ।
भारतले पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राख्दै त्यसको जोखिम न्यूनिकरण गर्न देशमा सिनेमा हलहरु बन्द गरेको छ , त्यसको असर सिनेमामा पर्न थालेको छ ।
पहिलो दिन १७ करोड कमाई गरेको यस फिल्मले दोस्रो दिन भने १६ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन २१ करोडको कमाई गरेको थियो । भने सुरुवाती सप्ताहन्तमा नै ५३ करोड बढीको कमाइ गरेको थियो । रिलिजको दशौं दिनमा ’बागी ३’ले करिब २ करोड भारू मात्र कमाएको थियो । विश्वभर कोरोना भाइरसको त्रासका कारण फिल्मले आशा गरेअनुसारको कलेक्सन भने गर्न नसकेको जनाएको छ ।
अहमद खानले निर्देशन गरेको उक्त चलचित्रमा शक्ति कपूरपुत्री श्रदाको समेत एक्कसन रहेको छ । निर्देशक खान भने आफ्नो फिल्मको सुरुवाती दिनप्रति खुसी देखिएका छन् ।
प्रतिकृया दिनुहोस्