जंगलमा ‘डान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ
- वाणिज्य न्युज
- ५ चैत्र २०७६
०५ चैत्र, काठमाडौं ।
कास्की प्रहरीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एउटा कटेज नजिकको जंगलमा ‘डान्सपार्टी’ गर्ने केही व्यक्तीहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना विदेशी र १ जना नेपालीसहित ७ जना रहेका छन् ।
उनिहरुले मंगलबार राति लागू औषध गाँजा सेवन गरी होहल्ला गरेका थिए ।
पक्राउ पर्ने विदेशीमा ४ जना नर्वेली, १ जना जर्मन, १ जना स्वीडेनका नागरिक छन् । यस्तै, पोखरा महानगरपालिका–२३ चापाकोटमा रहेको एउटा कटेजका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई लागू औषध गाँजा सेवन गरी होहल्ला गरेकाले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्