साताको दोस्रो कारोवार दिन नेपालमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ । आइतबार पनि सोही मूल्यमा कारोवार भएको थियो ।
यसैगरी, आज तेजाबी सुनको मूल्य तोलको एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।
त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।


