Banijya News

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

1
1.1K Shares

नेपाली बजारमा लगातर चौथो दिन पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख १८ हजार ६५० रुपैयाँ कायमा भएको छ । हिजो तेजाबी सुन तोलामा एक लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको भने तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोवार भइरहेको छ ।

1

Scroll to Top