नेप्सेमा सूचीकृत ३७ कम्पनीको साधारण सभा आज( पुस २९ गते) हुँदैछ ।
नियामकीय प्रावधानअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्नेछ । यहि प्रावधानका कारण पुस महिनाको अन्तिम दिन ३७ वटा कम्पनीहरुले गत आर्थिक वर्षको साधारण सभा डाकेका छन्।
सभामा आह्वान गर्ने कम्पनीहरुमध्ये १४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण घोषणा गरेका छन्। साथै, २३ कम्पनीले कुनैपनि प्रकारको लाभांश घोषण गरेका छैनन् ।
लाभांश घोषणा गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश नेपाल टेलिकमको रहेको छ । टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।
सभाले सेयरधनी र सञ्चालकहरुबीच प्रत्यक्ष भेट गराउने, कुरा सुन्ने र आफ्ना कुरा राख्ने मौका दिन्छ । तर एकै दिन धेरै कम्पनीहरुको साधारण सभा हुँदा सेयरधनीहरु आफूले लगानी गरेका सबै कम्पनीको साधारण सभामा भाग लिनबाट समेत वञ्चित हुने गरेका छन् ।
पुस २९ गते साधारण सभा आह्वान गर्ने कम्पनीहरुमा छिमेकी लघुबीत्त , नेपाल टेलीकम , आईसीएस फाईनान्स , साना किसान विकास लघुबीत्त , युनिर्भसल पावर कम्पनी , जीवन विकास लघुबीत्त , मन्दाकिनी हाईड्रोपावर , गरिमा विकाश बैंक , सप्तकोशी डेभलपमेन्ट बैंक , घलेम्दी हाईड्रोपावर , प्राईम कर्मसियल बैंक , हिमालयन बैंक , मोदी ईनर्जी , अरुण भ्याली हाईड्रोपावर , ईस्टने हाईड्रोपावर , सान्जेन लघुबीत्त, गणपती लघुबीत्त, राप्ती हाईड्रो फाईनान्स , श्री ईन्भेष्टमेन्ट लगायतका कम्पनी रहेका छन् ।


