वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिंकश वाणिज्य बैंकहरुले आफ्नो ब्यादर पुष महिनाको तुलनामा घटएका छन् ।
पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याजदर रहेको सिटिजन्स बैंकले मुद्दति निक्षेपमा अधिकतममा ९.१५ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै, बैंकले संस्थागत तर्फभने अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा ०.२ प्रतिशतविन्दु घटेको हो।
त्यसैगरी, सबैभन्दा कम ब्याजदर दिनेमा कृषि विकास बैंकको रहेको छ। बैंकले पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिइरहेकोमा माघ महिनामा अधिकतममा ७.२६ प्रतिशत मात्र ब्याज दिने भएको छ।
यसैगरी , सबैभन्दा बढी ब्याजदर घटाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेकोमा माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।


