Banijya News

अपर तामाकोशीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीले सर्वसाधारण समूहको वितरण नगरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद शेयरमा बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई आज बैङ्किङ समयसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

 

आवेदन कम्पनीको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ वा सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौँ साथै, लक्ष्मी सनराईज बैंकका अन्य तोकिएका शाखा कार्यालयमा पेश गर्न सकिनेछ ।

 

1

Scroll to Top