Banijya News

नेप्से परिसूचक ३१ अंकले वृद्धि, पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

1
1.0K Shares

साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भएको छ। नेप्से १.५१ प्रतिशतले बढेर २१२०.६२ अंकमा पुगेको हो

कारोवार सुरु भएको केही मिनेटमै उच्च सुधार आएयता दिनभर सकारात्मक नै रहेर नेप्सेले सुधार आत्मसाथ गरेको हो। आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ।

 

जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ।

 

कारोबार रकम र कारोबार भएका शेयर संख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ।

 

1

Scroll to Top