Banijya News

सुनको मूल्य तीन सयले वृद्धि, कतिमा हुँदैछ कारोवार ?

1
1.1K Shares

साताको कारोवारको अन्तिम दिन (शुक्रबार ) नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएर तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलाको एक लाख १८ हजार नौँ सय ५० रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजाबी सुन तोलामा एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार चार सय ९५ रुपैयाँमा कारोवार भईरहेको छ ।

1

Scroll to Top