Banijya News

एफपिओ निष्कासनका लागि पाइपलाइनमा पाँच लघुवित्त

1
1.1K Shares

एफपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा पाँच लघुवित्त कम्पनी रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका लघुवित्त कम्पनीमा सुर्योदय वोमी लघुवित्त, नयाँ सारथि लघुवित्त,  समता घरेलु लघुवित्त, किसान लघुवित्त र माहुली लघुवित्त रहेका छन् ।

 

सुर्योदय वोमी लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा ४६ हजार सात सय ३० कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । उक्त एफपिओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । यसैगरी , नयाँ सारथि लघुवित्तले प्रिमियमसहित एक सय १९ रुपैयाँ प्रतिकित्तामा तीन लाख २९ हजार ६ सय ४९ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । एफपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

यसैगरी , किसान लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा १६ लाख ६६ हजार ९ सय ६५ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । यस एफपिओको बिक्री प्रबन्धकमा पनि मुक्तिनाथ क्यापिटल रहेको छ । समता घरेलु लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा ३ लाख ३२ हजार ८ सय ५६ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । उक्त एफपिओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

1

Scroll to Top