September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

अमौरामा वेतबास सम्बन्धी १ महिने तालिम सम्पन्न

अमौरामा वेतबास सम्बन्धी १ महिने तालिम सम्पन्न

कैलालीको जानकी ५ अमौरामा वेतबास सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग र जानकी लघु उद्यम तथा बहु प्राविधिक प्रशिक्षण केन्द्र कैलालीको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा २९ जना महिला र १ जना पुरुषको सहभागिता रहेको कार्यक्रममा बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।

Advertisement

कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लालमती कठरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि ५ नं वडाको अध्यक्ष भीम बहादुर चौधरी थिए ।

Advertisement

कार्यक्रममा जानकी गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, इन्द्रा शोप, न्यायीक समिति सदस्य केशन्ती चौधरी, वडा सदस्य जहन्जिर चौधरी, निर्मला भूल, बडघर वसन्ती चौधरी, आशिष चौधरी, महादेव चौधरी, समाजसेवी हिरा चौधरी, कलावती चौधरी, गौरीशंकर चौधरी, प्रेम चौधरी, निशान्त थापा, कप्तेन् चौधरी, संस्थाका तर्फबाट सुमित चौधरी र सन्तोष चौधरी लगायतकाको सहभागिता थियो ।

कार्यक्रममा ५ नं का वडा सदस्य जाहन्जिर चौधरीले स्वागत गरेको कार्यक्रममा प्रशिक्षार्थी एन्जल चौधरी, रिता चौधरी, कमला चौधरी, प्रशिक्षक सरिता चौधरी, निशान्त थापा, गौरीशंकर चौधरी, कलावती चौधरी, वसन्ती चौधरी, केसन्ती चौधरी, पार्वती चौधरी, भीम बहादुर चौधरीले आफ्ना अनुभवन बताएका थिए भने जानकी गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले पनि आफ्ना मन्तव्य राखेकिछन् ।

जानकी लघु उद्यम तथा बहु प्राविधिक प्रशिक्षण केन्द्र कैलालीको अध्यक्ष तुलाराम डगौरा थारुको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन (ट्रि–स्टार एजुकेशनल हाउस) का प्र.अ राजाराम चौधरीले गरेका हुन् ।