ग्यास लुकाए ५ बर्ष कैंद देखि ब्यबसायको इजाजत नै खारेज हुने
चैत ०८, काठमाडौं ।
बजारमा खाना पकाउने ग्यासको हाहाकार झैं देखिएकोछ । आम उपभोक्त ग्यास लिनको लागि लामो लाईनमा बसेका छन् । लामै कसरत गरेपनि सर्वसाधारणले खाना पकाउँने ग्यास पाउन सकेका छैनन् । बजारमा खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्नेप्रति सरकार पनि कडा रुपमा प्रस्तुत भएको छ ।
कोरोना त्रासको बाहानामा खाना पकाउने ग्यास र अत्यावश्यक वस्तुको कालोबजारी र मनपरी मूल्यवृद्धि हुन थालेपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेका विभागीय मन्त्री नेतृत्वको बैठकले ग्यास र अति आवश्यक उपभोग्य बस्तुको कालोबजारी गर्नेर्ला ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । साथै यसरी ग्यास लुकाउँने ब्यावसायीको ब्यावसायको इजाजत सेवा पनि बन्द गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको बैठकमा यस्तो निर्णय भएको हो । बैंठकले मातहत निकायका कर्मचारीहरुलाई गम्भीरताका साथ काममा लाग्न र सधैं अलर्ट अवस्थामा रहन निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस्