January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

चैत ०८, काठमाडौं । 

Advertisement

सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा अडियो भाइरल भएको थियो ।

Advertisement

उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले बताएको जनाउँदै प्रहरीले अनुसन्धान थालेको छ ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् । युवकले हिमाल नामका आफ्ना साथीलाई महत्वपूर्ण समाचार सुनाउने भन्दै यो अडियो रेकर्ड गरेको सुन्न सकिन्छ। उनले यो अडियोमा नर्भिक अस्पतालमा उपचाररत कोरोना भाइरस आशंकित ९ जना बिरामीमध्ये ६ जनाको रिपोर्ट पोेजेटिभ आएको उल्लेख गरेका छन्।
नर्भिकमा भर्ना भएका नौमध्ये ६ जनालाई कोरोना संक्रमण भएको समाचार उनको टोलमै बस्ने त्यही अस्पतालका स्टाफले भनेको भन्दै रेकर्ड गरेको भेटिएको हो।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।