January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

तीन दिनमा पाँच लाखले छाडे काठमाडौं

तीन दिनमा पाँच लाखले छाडे काठमाडौं

चैत ०८, काठमाडौं ।

Advertisement

कोरोना भाइरस संक्रमणको सम्भावनाबाट बच्न सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएसंगै काठमाडौं छोडेर बाहिरिनेको संख्या बढेको छ । उक्त निर्देशन अनुसार काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

Advertisement

अहिले नयाँ बसपार्क, कोटेश्वर र पुरानो बसपार्कमा भीड बढेको छ । यात्रुहरु टिकट नपाएर समस्यामा परेका छन् । चाप बढेपछि सरकारी बस समेत सञ्चालन गर्ने तयारी भएको बुझिएको छ ।

सरकारले चैत ७ गतेदेखि कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो । यात्रुहरु टिकट नपाएपछि मुडामा बसेर समेत यात्रा गरिरहेका छन् ।

 अहिले सडकमा आवागमन पातलिदै गएको छ । राजधानीबाट आउने जाने मुख्य नाकाहरुमा भने चाप बढेको छ ।

कोरोना भाइरस विश्वभर फैलिएसँगै सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।