गड्डाचौकीबाट चेकजाँच छलेर नेपाल पस्दै, भिड थामिनसक्नु
चैत ०८, काठमाडौं ।
भारतमा कोरोना संक्रणको जोखिम बढेपछि रोजगारीमा गएका नेपालीहरु पश्चिमी नाका गड्डाचौकी हुँदै भित्रिने क्रम बढेको छ । गड्डाचौकी सुदूरपश्चिम प्रदेश भित्रने प्रमुख नाका हो।
अहिले गड्डाचौकी नाका हुँदै भारतबाट नेपाल आउनेहरुको भिड थामिनसक्नु गरी बढेको छ ।
सीमा नाकामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । तर, उपकरण अभावका कारण सर्वसाधरणले घण्टौंसम्म लाइनमा बस्नु पर्ने वाध्यता देखिएको छ ।
डेस्कमा दुईवटामात्रै थर्मोमिटर भएका कारण घण्टौंसम्म लाइनमा बस्नु पर्ने वाध्यता हो ।
गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।
भारतमा बढ्दै गएको कोरोनाको संक्रमण नेपालमा प्रवेश गर्न नदिने हो भने नाका नै केही दिनलाई बन्द गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन्।
प्रतिकृया दिनुहोस्