समिट एयरको जहाज आकस्मिक अवतरणः ठूलो दुर्घटना हुनबाट जोगियो
९ चैत काठमाण्डौ ।
समिट एयर नाईन एन एएमजी कल साईनको विमान ठूलो दुर्घटनाबाट हुनबाट जोगिएको छ । उक्त विमान काठमाडौंबाट लुक्लाका लागि उडेको थियो ।
काठमाण्डौंबाट लुक्काका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको विमानको इन्जिनमा समस्या आएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
इन्जिन फेल भएर समस्या आएको बताइएको छ ।
आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको नागरिक उडड्यन कार्यालय रामेछापले जनकारी दिएको छ ।
विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन्।
इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परिक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानविन थालेको छ ।
प्रतिकृया दिनुहोस्