February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

बन्दभए भारत र चीनसँगका सबै नाका, समान ढुवानीमा भने छुट

चैत १०, काठमाडौं ।
विश्वब्यापी रुपमा कोरोनाको प्रभाव बढदै जाँदा सरकारले आजदेखि देशका सबै सीमा नाका बन्द गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार आज सबै चीन र भारत तर्फका नाका बन्द गरिएको हो । अहिले विहान १० बजेदेखि भारत र चीनतर्फका सबै नाका बन्द गरिएको गृहमन्त्रालयले जनाएको छ । यसरी बन्द गरिएका नाकाहरु चैत १६ गतेसम्म निरन्तरता पाउने छ ।
नाकाबाट यात्रु आवागन रोकिए पनि सामान ढुवानी भने नरोकिने छैने । एक देशको संक्रमण अर्को देशमा नसरोस् भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । त्यस्तै आइतबार मध्यरातबाट नेपाल आउने हवाई उडान पनि रोकि सकिएको छ ।
अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द भएका छन् । सरकराले नागरिक सकेसम्म घर बाहिर निस्कन र भीडमा नजान सकारको अपिल छ ।

Advertisement