January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोना प्रभावित ब्यक्तिलाई पक्रन प्रहरीलाई पोसाक अभाव

१० चैत, काठमाडौं
नेपालमा हालसम्म एकजना व्यक्तिमा पनि कोरोनाको सक्रमण देखिएको छैन । एक जना नेपाली संक्रमीत भएकामा उनको उपचार सफल भइसकेको सरकारले दावि गरेको छ । तर , कोरोना संक्रमीत छैन भनेर ढुक्कले बस्ने अवस्था भने पक्कै छैन ।


कोभिड १र्९ को संक्रमण रोकथामका लागि सरकारले क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने निर्णय गरेको छ । सरकारले २ ् ४ हजार संक्रमित देखिए पनि महामारीका रुपमा फैलिन नदिने गरी काम भइरहेको बताएको छ । तर सरकारले यदि कुनै व्यक्तिमा यसको संक्रमण देखियो र उक्त व्यक्ति अस्पतालबाट भागेको अवस्थामा उक्त व्यक्तिलाई पक्र्रनको लागि नेपाल प्रहरीलाई हालसम्म कुनै पनि पीपीई तथा सुरक्षाका सामाग्री प्रदान गरेको छैन ।


सरकारले त्यो व्यक्तिलाई कसरी समाउने भन्ने बारेमा कुनै पनि निष्कर्ष निकाल्न सकेको देखिदैन ।
यसैबिच, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले यतिबेला सिंगो विश्वलाई नै त्रसित बनाइरहेको बेला यसको संक्रमणबाट सुरक्षित रहन सरकारले सम्पूर्ण सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम मनोरञ्जन,लामो दुरीका यात्रा गर्न रोक, शैक्षिक संस्था बन्दलगायतका विभिन्न कार्यक्रम गरीसकेको छ ।

Advertisement