January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कैलालीमा अनिश्चितकालीन कर्फ्यु आदेश

कैलालीमा अनिश्चितकालीन कर्फ्यु आदेश

१० चैत, काठमाडौं ।

Advertisement

कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।  जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Advertisement

कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् ।  कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 

यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।