January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोना संक्रमित युवती कतार एयरवेजको जहाजबाट आएको खुलासा

कोरोना संक्रमित युवती कतार एयरवेजको जहाजबाट आएको खुलासा

चैत १०, काठमाडौं ।

Advertisement

नोभल कोरोना भाइरस संक्रमित युवती कतार एयरवेजको जहाजबाट काठमाडौं आइपुगेको खुलेको छ। नेपाल पर्यटन बोर्डले ४ चैत (मार्च १७) मा कतार एयरवेजबाट युवती नेपाल आएको आफ्नो आधिकारिक ट्वीटर हृयाण्डिलबाट पुष्टि गरेको हो ।

Advertisement

बोर्डले फ्रान्सबाट कतार ट्रान्जिट हुँदै मंगलबार काठमाडौं आइपुगेको पुष्टि गर्दै सजग रहन अपिल गरेको हो। क्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा उडान भएका थिए । तर, तीन उडानमध्ये कुनमा ती युवती आएकी थिइन् भन्ने चाहिँ खुलेको छैन ।


बोर्डले भनेको छ, ‘तपाईंहरु जो जो उक्त जहाजको उडानबाट आउनु भएको छ, कृपया अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नु होला।’
यदि आफूलाई रुघाखोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकु अस्पतालमा रिपोर्ट गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

स्वास्थ्य क्षेत्रमै कार्यरत उनको परिवारले युवतीलाई कोरोनाको जोखिमपूर्ण मुलुकबाट आएको भन्दै घरमै ‘होम क्‍वारेन्टाइन’ मा राखेका थिए । ‘होम क्‍वारेन्टाइन’ मा बसेकी उनीमा रुघा-खोकी र ज्वरो देखिएपछि परिवारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेका थिए। 

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी ती युवतीकाे टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको हो । 

ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको  छ । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएकाे छ  ।