लकडाउन तोडे एक महिनासम्म जेल र जरिवाना हुने
चैत ११, काठमाडौं ।
कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेसँगै लकडाउनको बारेमा बहस शुरु भएको छ । नयाँ प्रबधान अनुसार अव मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन हिडडुल गर्न पाउँदैन ।
जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नगर्ने कार्य नै ‘लकडाउन’ हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । त्यसैले कतिपय सरकारी अधिकारी पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।
देशैभर हुने लकडाउनमा उसले सर्वसाधारणहरुलाई घरबाहिर ननिस्किन समेत आदेश जारी गरेको छ । यो आदेश नमान्ने तथा काममा बाधा पुर्याउने व्यक्तिउपर संक्रामक रोग ऐन २०२० मा भएको व्यवस्था बमोजिम प्रशासनले १ महिनासम्म कैद गर्न सक्नेछ भने रु. १०० सम्म जरीवाना वा दुवै सजाय हुन सक्नेछ । जुन कानूनी ब्यावसथा संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा १ र २ मा सजायमा उल्लेख गरिएको छ ।
यसको अर्थ कोही भोलिदेखि स्थानीय प्रशासनको अनुमतिबिना बाहिरि निस्कियो भने, पासबिनाको सवारी चलायो भने उसलाई उक्त ऐन अकर्षित भै कारवाही हुने छ ।
यस्तै, यही ऐन अन्तर्गत अधिकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु. ६०० सम्म जरीवाना वा दुवै सजाय हुनसक्नेछ । यो ऐन अन्तर्गत भए गरेको कसूरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने समेत व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस्