कोरोना विशेष अस्पतालमा भर्ना भएका युवकको मृत्यु,कोरोना पुष्टि हुन बाँकी
चैत ११, काठमाडौं ।
चितवनकाे भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, उनलाई कोरोनाको संक्रमण भए-नभएको भने पुष्टि भएको छैन ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्