कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ
- वाणिज्य न्युज
- १२ चैत्र २०७६
चैत १२, काठमाडौं ।
सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघर पुगेका ना ५ ख ९५५२ नम्बरको कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।
पक्राउ परेका बारा, पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए।
- एक महिनामा चार अर्ब ९९ करोडको विदेशी लगानी स्वीकृत
- अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
- चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
- एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन
- राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
प्रतिकृया दिनुहोस्