छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
१३ चैत्र २०७६
बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै कुटपिट भएको छ। कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो।
भारतबाट फर्केको छोरालाई घर जान नदिएर क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाका वडा नम्बर ५ का एक स्थानीयले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।
यो घटना बुधबार राति १०ः३० बजेको हो।
नरेन्द्र जागरीका छोरा सुनिलसहित पुर्चौडीका ७ जना बुधबार राति घर फर्किएका हुन्। उनीहरुलाई नगरपालिका–५ कुवाकोटको भूमिराज माविको क्वारेन्टाइनमा राखिएको थियो। सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाइनमा राखेका थिए।
नरेन्द्रले आफ्ना छोरा सुनिललाई क्वारेन्टाइनमा राख्न नपर्ने भन्दै छोड्न आग्रह गरेका थिए। तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करणसिंह धामीले १४ दिनसम्म छोड्न नमिल्ने बताएपछि विवाद भएको थियो।
दाउराको चिर्पर्टले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको र हातका औंलामा दाँतले टोकिदिएको नरेन्द्रमाथि आरोप छ।
प्रतिकृया दिनुहोस्