अत्यावश्यक वस्तु आपूर्ति सहजका लागि चीन र भारतसँग कुरा गर्न उद्योगले पठायो परराष्ट्रलाई पत्र
चैत १३, काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अत्यावश्यक वस्तु आपूर्ति असहज हुनथालेको भन्दै चीन र भारतसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।
अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधि, औषधिको कच्चा पदार्थलगायतको आपूर्ति असहज हुनथालेको भन्दै तत्काल भारत सरकार वा समकक्षी निकायसँग वार्ता गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नेपाल र भारत दुवैले पूर्वसतर्कता र सुरक्षा अवलम्बन गर्ने क्रममा लकडाउन गरेका छन् ।
यसको प्रभाव अत्यावश्यक वस्तु आपूर्तिमा समेत देखिन थालेको छ । प्रकोपबाट जोगाउँदै न्यूनतम मानवीय आवशयकता पूरा गराउने कार्यमा प्राथमिकता दिनुपरेकोले उद्योग मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको हो ।
प्रतिकृया दिनुहोस्