रामेछापमा जिप दुर्घटना हुँदा ३० घाइते
- वाणिज्य न्युज
- १८ चैत्र २०७६
१८ चैत, काठमाडौं ।
लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किने क्रममा रामेछापको खाँडादेवी–१ राकाथुममा मंगलबार बिहान दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
अलपत्र परेका यात्रु बोकेर रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
जीप सडकदेखि करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी बसन्त पाठकले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सडक खुल्ला हुँदा पनी बढी यात्रु बोकेको कारण जिप दुर्घटना भएको थियो ।
प्रतिकृया दिनुहोस्