November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

कुटपिटको प्रतिशोध लिन बोल्न नसक्ने व्यक्तिले गरेका थिए चारजनाको हत्या

कुटपिटको प्रतिशोध लिन बोल्न नसक्ने व्यक्तिले गरेका थिए चारजनाको हत्या

शुक्रबार बेलुका काठमाडौंको तीनकुनेमा चार जनाको हत्या घटना सामान्य विवादको परिणाम भएको अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षिय संजय भण्डारीलाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेपछि सो रहस्य खुलेको हो । बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारीले आफूलाई कुटपिट गरेको रिसइबीका कारण विभत्स हत्या गरेको खुल्न आएको हो ।

Advertisement

प्रहरीका अनुसार तिनकुनेको दिव्या स मिलमा बस्ने धनकुटाका बिशाल राईसँग उनको केही समयअघि विवाद भएको थियो । राईको मोटरसाइकलले भण्डारीलाई धक्का दिएको थियो । त्यसको विवादमा राईले उनलाई कुटपिट समेत गरेका थिए । त्यसकै रिसिइवीमा उनी शुक्रबार खुकुरी बोकेर राईलाई धम्काउने र झगडा परे मार्ने योजनासहित स मिलमा गएका थिए । जहाँ राईलाई उनले सुरुमा खुकुरी प्रहार गरेका थिए । सो हत्या अरुले देखेपछि आफ्नो संलग्नता खुल्ने डरले थप तीन जनालाई हत्या गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
हत्यापछि हिड्दै उनी काँडाघारी गएका थिए । बोल्न नसक्ने उनी नक्सालस्थित बहिरा स्कुलमा अध्ययन गर्दथे । शनिबार सो स्कुलमा नियमित झै गएका थिए । आइतबार बिहान सिन्धुपल्चोक भाग्न खोज्दा उनी पक्राउ परेका हुन् । हत्यामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

Advertisement

हत्यापछि हिड्दै उनी काँडाघारी गएका थिए । बोल्न नसक्ने उनी नक्सालस्थित बहिरा स्कुलमा अध्ययन गर्दथे । शनिबार सो स्कुलमा नियमित झै गएका थिए ।
हत्या आशंकामा सोही रात प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । लतपतिएको रगतसहित प्रहरी वृत्त पुगेका राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । राईले भने हत्याबारे जानकारी दिन आएको बताउँदै आएका छन् ।भण्डारीले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ। प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए ।

सो हत्याकाण्डको बारेमा प्रहरीको विज्ञप्तीमा यस्तो भनिएको छः

घटनाको कारण –
प्रतिवादी संजय भण्डारीका अनुसार केही समय अगाडि मृतक विशाल राईले चलाएको मोटरसाईकलले ठक्कर दिँदा विवाद हुन गई निज मृतक विशाल राईले प्रतिवादी संजय भण्डारीलाई कुटपिट गरेकोमा सोही रिसईबी÷ प्रतिशोधका कारण प्रतिवादी संजय भण्डारीले बाटो आवत जावत गर्ने क्रममा निज मृतक विशाल राईलाई उक्त घटना भएको स मिलको घर टहरोमा पहिला ३÷४ पटक देखेको ।

घटनाको विवरण–
मिति २०८०÷०५÷२९ गते प्रतिवादी संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भनि आफु बस्ने गरेको दिदी भिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफुले बोक्ने झोलामा हाली काँडाघारी स्थितबाट निस्कीई बेलुकाको समयमा उक्त स मिलको पछाडी पट्टीको बन्द गेटबाट माथी चढी मृतक विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखे पछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षण पछि मृतक विशाल राई आई किन यहाँ बसेको भनि कुटपिट गरे पछि निज प्रतिवादी संजय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी विशाल राईको हत्या गरेको ।

निज विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले घटना देखी कराएको जस्तो लागिनिज प्रतिवादीले आफुलाई चिन्ही यो घटना बाहिर आउछ भन्ने लागेकोले निज बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको । सोही समयमा पुर्ण बहादुर भुजेलघटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखि निजलाई पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको । त्यसपछि निज मृतक पुर्ण बहादुर भुजेलको श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले निजले समेत सो घटना देखेकोले बाहिर नल्याओस भनि निज अम्विका भुजेलको पनि टाउकोमा नै पटक पटक प्रहार गरी हत्या गरेको ।

त्यस पछि मृतक कुमार भुजेलको लाशलाई तानि घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाईलेटको ढोका छेउमा लगी फालेको, निजको श्रीमती अम्बिका भुजेलको लाशलाई पानीको कल छेउमा लगी फालेकोतथा सुभद्रा भुजेलको लाशलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगी फालेको ।

तत्कालै विशाल राईलाई रिसईबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउछ भनि हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको ।

प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात बाहिर मेन गेटमा ड्याङ ड्याङ आवाज आएको तथा बत्तिको लाईट समेत देखिएको कारण कोही आएकी भनि आफु प्रवेश गरेकै पछाडी पट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी बिरेन्द्र चोक स्थित पुगी निजको दिदि भिनाजुको कोठामा गई सुतेको खुल्न आएको ।

शनिबार बिहान उठी खाना खाए पछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्साल स्थित बिद्यालयमा नै साथीहरु सँग भेट्न गई घर आई खाना खाई सुतेको खुल्न आएको ।

आईतबार बिहान उठी खाना खाई सके पछि निजले आफूलाई प्रहरीले खोजी रहेको हुन सक्छ भन्ने लागि सिन्धुपाल्चोक स्थित निजको घर गाउँ गई लुकिछिपी बस्छू भनि काँडाघारी बिरेन्द्र चोक स्थित दिदि भिनाजुको घरबाट निस्कीई आउँदै गर्ने क्रममा सोही ठाउँबाट उक्त घटनामा संलग्न ब्यक्तिको बिभिन्न विधी र प्रविधि प्रयोग गरी खुलेको हुलिया विवरण अनुसार खोज्दै जाने क्रममा निजले घटनाको दिनमा समेत बोकेको झोला र उक्त झोलामा घटनामा प्रयोग भएको खुकुरी सहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिवादी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षा सम्म अध्ययन गरी १२ कक्षा सम्म काठमाण्डौमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।