नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द, कोषध्यक्षमा खड्का निर्विरोध निर्वाचित
- वाणिज्य न्युज
- ६ आश्विन २०८०
नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । उनी दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । त्यस्तै, कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ । नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

https://www.nta.gov.np/


-
चार महिनामा साढे १२ अर्बको विद्युत निर्यात
७ मंसिर २०८० -
स्पा सेन्टरको नाममा यौन धन्दा, ३ युवतीको उद्धार
१२ मंसिर २०८०
प्रतिकृया दिनुहोस्