May 15, 2025, Thursday
२०८२ जेष्ठ २

डेड घण्टामै किन उल्टियो शुक्रबार र शनिबार सवारी संचालन गर्ने निर्णय

चैत्र २७, काठमाडौँ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड– १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले पूर्वतयारी बिना गरेको निर्णय डेढ घण्टामै उल्टिएको छ । सर्वसाधारण पैदल यात्राबाट नै विभिन्न क्षेत्रमा जाने गरेको समाचार बाहिरिएसँगै उच्चस्तरीय समितिले शुक्रबार र शनिबार सवारी संचालन गर्ने निर्णय गरेको थियो, तर यक्त निणर्य डेड घण्टामा नै उल्टिएको छ ।

Advertisement


समितिका संयोजक पोखरेलले गृहमन्त्री रामबहादुर थापा, अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, लगायतसँग छलफल गरेर उक्त निर्णय गर्दे दुई दिनका लागि यात्रु बाहिर जाने निणर्य सार्वजनिका गरेका थिए ।

Advertisement

उक्त निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्वाङलाई विभिन्न ठाउँबाट यातायता ब्यावसायीको दबाब आएको थियो । ब्यावसायीको दवाव आएपछि निणर्य भएको डेड घण्टामा नै उक्त निणर्य उल्टियाउन सफल भएको हो । मन्त्री नेम्वाङले पनि यस्तो जोखिमको बेलामा यातायात व्यवसायीले बस संचालन गर्न नमानेको बताएका थिए ।


विभिन्न क्षेत्रको दबाबपछि संयोजक पोखरेलले निर्णय नभएको भनेर सामाजिक संजाल फेसबुकमा लेखेका छन् । ’भोली र पर्सी (२८(२९ चैत्र, २०७६) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समित’ को गम्भीर ध्यानाकर्षण भएको छ, ’उनले लेखेका छन् ।