सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुने बढे
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना हुँदा मृत्युहुनेको संख्या बृद्धि भएर आठ पुगेको छ । स्थानीयवासी कुमार श्रेष्ठका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्नेछ । उनले दुर्घटनास्थलमा स्काभेटर ल्याएर उद्धार गर्न लागिएकोले कतिको मृत्यु भयो त्यो गाडि उठाएपछि थाहा हुने जानकारी श्रेष्ठले दिए । दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । नेपाल प्रहरीका अनुसार हाल सम्म मुत्यु हुने कसैको पनि सनाखत भएको छैन ।
प्रतिकृया दिनुहोस्