सी जिन्पिङको नेपाल भ्रमणका क्रममा ६० जनालाई पक्राउ
काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएको अाशंकामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनको अनुसार हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ। र, ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने २ जनालाई मुद्दा चलाईको छ ।
सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने पूर्वानुमान अनुसार नै उच्च सुरक्षा सतर्कता बढाइएको प्रहरीको भनाइ छ।
राष्ट्रपति सीको नेपाल बसाइ अवधिभर तिब्बती शरणार्थीहरू बसोबास गर्ने शिविरहरू र उनीहरूको उपस्थिति हुने क्षेत्र तथा विरोध जनाउन सक्ने सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी प्रवत्ताले बताए ।
पक्राउ परेका मध्ये केहीबाट स्वतन्त्र तिब्बत अंिकत टिसर्ट, झोला र ब्यानर बरामद भएको प्रहरीले जनाएको छ।
सन् १९५९ मा चीनले तिब्बतलाई नियन्त्रणमा लिएपछि स्वतन्त्र तिब्बतको नाममा नेपालमा रहेका तिब्बती शरणार्थीहरुले प्रदर्शन गर्दै अएका छन् ।
हाल नेपालको विभिन्न शिविरमा १२ हजार भन्दा बढी तिब्बती शरणार्थीहरु रहेको अनुमान छ ।
प्रतिकृया दिनुहोस्