May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिका पठाउँछौँ भन्दै ठगी गर्ने गिरोहकाहरु भारतको दिल्लीबाट पक्राउ

नेपालबाट ‘अमेरिका पठाउँछौँ’ भनेर ७ करोडभन्दा बढी रकम ठगेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई नेपाल प्रहरीले पक्राउ गरि सार्वजनिक गरिएको छ । उनीहरुलाई भारतीय प्रहरीसँगको समन्वयमा दिल्लीबाट पक्राउ गरेर ल्याइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका हुन् ।

Advertisement

पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ घर भएका जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका–२ घर भएका जङ्गबहादुर विक (बराल) र विष्णुबहादुर बराली रहेका छन् । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताएका छन् । ।

Advertisement

पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । विभिन्न आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।

जगतबहादुर विक सहितका ३ जनाले विगत एक वर्षदेखि भारतमा बसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए ।