April 21, 2025, Monday
[nepali_today_date]

एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन मंगलबारदेखि काठमाडौंको होटल हायातमा हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।

Advertisement

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधि काठमाडौं आइसकेको र १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् ।

Advertisement

नाम दर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ । एनआरएनको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।

एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने धेरै छन् । चुनावी माहोल भएकाले एनआरएनहरु यतिवेला नेतृत्व कसरी आफ्नो पक्षमा पार्ने भन्ने चटारोमा छन् ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी आयोजकले दिएका छन् ।

सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जना सहभागी हुने एनआरएनको भनाई छ ।