April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रेमीसँग मिलेर श्रीमतीले नै औषधि व्यवसायी दुलालको हत्या गरेको खुलासा

प्रेमीसँग मिलेर श्रीमतीले नै औषधि व्यवसायी दुलालको हत्या गरेको खुलासा

५ जेठ, भक्तपुर । 

Advertisement

विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । औषधी व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको आइतबार विहान विराटनगरको मधुमारामा हत्या भएको थियो ।

Advertisement

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलालसँगै अर्का युवक २१ वर्षीय  ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन् ।

प्रहरीले दुलालको हत्याकाबारेमा पत्रकार सम्मेलन गर्दै परपुरुषसँगको सम्बन्धमा श्रीमान वाधक बनेपछि योजनावद्ध रुपमा हत्या गरिएको अनुसन्धानबाट देखिएको जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धका बारेमा दुलालले केही दिनअघि थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो ।

सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । 

विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल पुर्‍याएकी थिइन् । तर अस्पतालले राति नै मृत्यु दुलालको मृत्यु भएको घोषणा गरेको थियो ।