April 21, 2025, Monday
[nepali_today_date]

अन्धाधुन्ध बञ्चरो प्रहारबाट एकको मृत्यु ,अन्य २ घाइते

अन्धाधुन्ध बञ्चरो प्रहारबाट एकको मृत्यु ,अन्य २ घाइते

असोज ३० , मकवानपुर . मकवानपुरमा आपसी झगडाका क्रममा वन्चरो प्रहार हुदाँ एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लो को ज्यान लिएका हुन् ।
बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको भएतापनी उपचारकै क्रममा उनको ज्यान गएको हो । पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् । पाख्रिनले प्रहार गरेको बञ्चरोे मृतक र घाइतेको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले जनाएको छ ।घाइतेको च’रेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेर उनिमाथी थप अनुसन्धान भइरहेको छ

Advertisement