तिब्बतमा ७ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा ५ दशमलव २ म्याग्नेच्युडको धक्का
नेपालमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको धक्का महसुस गरिएको हो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्नेच्यूडको भएको जनाएको छ । उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालमा भने ५ दशमलव २ म्याग्नेच्युडको धक्का महसुस भएको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुमा ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा कुनै जानकारी आइसकेको छैन ।
हालसम्म ठुला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् र नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन्।
प्रतिकृया दिनुहोस्