January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

चीनले सोलोमुन टापु किनेपछि शाक्ति राष्ट्रको टाउको दुखाई बढ्यो

चीनले सोलोमुन टापु किनेपछि शाक्ति राष्ट्रको टाउको दुखाई बढ्यो

कार्तिक ३, एजेन्सी – चीनले ७५ वर्षका लागि सोलोमुन टापुको एउटा विशाल द्वीपलाई लिजमा लिएसँगै शाक्ति राष्ट्र मानिने अमेरिका जापान बेलायतको टाउको दुखाई भएको छ । सोलोमोनसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समयमै चीनले रणनीतिक महत्वको सोलोमोनको तुलागी द्वीपलाई लिजमा लिएको थियो ।
यो द्वीप बेलायत र जापानको दक्षिण प्रशान्त क्षेत्रको हेडक्वार्टरका रुपमा रहिसकेको छ । दोस्रो विश्व युद्धका क्रममा यसको गहिरो पानीले मजबुत सैन्य हतियार बनाउन सहयोग गरेको थियो । अमेरिकाले यस द्वीपलाई दक्षिण प्रशान्त महासागरमा चीनलाई रोक्ने र महत्वपूर्ण समुद्री मार्गको सुरक्षाका लागि अहम् मान्दै आएको छ । चीनले दक्षिण प्रशान्त महासागरमा आफ्नो सैन्य प्रभाव बढाइरहेको छ । यसै क्रममा उसले बन्दरगाह र एयरफिल्डमाथि आफ्नो नियण्त्रण स्थापित गर्न खोजिरहेको छ ।

सोलोमुन टापु

बेइजिङको दक्षिण प्रशान्त महासागरमा आर्थिक, राजनीतिक र सैन्य महत्वाकांक्षा जोडिएको छ । यो क्षेत्र प्राकृतिक संशाधनले अत्यन्तै धनी छ । चीनको लगानी भएपछि अब अमेरिका अस्ट्रेलियाको चिन्ता बढेको छ । अब बेइजिङ यहाँ समुद्री जहाजदेखि लिएर प्लेनसम्म ल्याउने तयारी छ । आफ्नो सैन्य पकड मजबुत बनाउनेतर्फ चीनले यहाँ काम गर्नेछ ।

Advertisement