January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

प्यान कार्डका लागि उत्साहजनक सहभागिता

प्यान कार्डका लागि उत्साहजनक सहभागिता

कात्तिक ४, काठमाडौं – सरकारले चालु आर्थिक वर्ष ०७६÷७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएसँगै आम कर्मचारी सर्व साधारण् सबैले रुचाएका छन् ।
व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने प्रावधान सरकारले चालु आर्थिक वर्षबाट अनिवार्य गरेको थियो । सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ । यही प्रबधान अनुसार उत्साह स्वरुप आर्थिक वर्ष ०७६÷७७ को पहिलो दुई महिना (साउन–भदौ)मा कबिर ६ लाख नयाँ करदाता थपिएका छन् । यसमा व्यावसायिक स्थायी लेखा नम्बर, व्यक्तिगत स्थायी लेखा नम्बर र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर सबैको संख्या पर्दछ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनमा कूल २ लाख ९० हजार ९ सय १४ प्यान नम्बर जारी भएका थिए । भदौमा त्यो संख्या अझै बढेर ३ लाख ५ सय ९३ जना पुगेको छ ।
साउनमा २ लाख ५४ हजार ४ सय ९ जना व्यक्तिले व्यक्तिगत प्यान नम्बर लिएका थिए । भदौमा यो संख्या बढेर २ लाख ५७ हजार ३ सय ८३ जना पुगेका छन् । साउनमा ३६ हजार कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए भने भदौमा ४२ हजार ५ सय ११ कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो ९ अकंको हुन्छ । व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचनासमेत यहाँ भण्डार गरिएको हुन्छ ।

उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले समेत आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने विलविजक, खाता, कागजात तथा आय विवरणजस्ता करसम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ । व्यक्ति र कम्पनीले फरकफरक प्यान लिनुपर्छ । अहिले आफूले गर्ने कारोबार, बिल–बिजक, खाता, आय–विवरण, बैंकिङ कागजात तथा करसम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ ।

Advertisement