January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

डोजर आतंक हुदा २ जना गम्भिर घाइते

बैतडी । बैतडीमा सडक निर्माणका क्रममा दुई पक्षविच विवाद हुँदा डोजर चालकले विरोधमा उत्रिएका स्थनीयमाथि डोजर चलाएका छन् । त्यसरी विरोधमा उत्रिएकाहरुलाई अन्धाधुन्ध डोजर चलाउदा आधा दर्जन घाइते भएकामा २ जनाको अवस्था गम्भीर छ ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे सडक लैजान नदिने र सडक खन्नुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको थियो । डोजरले आक्रमण गर्दा गम्भीर घाइते हुनेहरुमा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी छन् । २ घाइते मध्ये गौरा अचेत छिन् । उनिहरुलाई बैतडीमा उपचार हुन नसकेपछी धनगढी ‘रिफर’ गरीएको छ ।
डोजर चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरा रहेको र उनलाई पक्राउ गरिसकिएको छ । झडप गर्ने दुवै पक्षकासहित अन्य ३ जना पनि पक्राउ परेका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Advertisement