जनकपुरधाममा एक जनाको घरमै बोलाएर हत्या
६ कात्तिक, काठमाडौं ।
धनुषामा एक ठेकेदारले घरमै बोलाएर अर्का ठेकेदारको हत्या गरेका छन् । ठेकेदार ३५ वर्षीय पंकज चौधरीको गोली प्रहारबाट ४१ वर्षीय मनोज साहको मृत्यु भएको हो । साह शिव आएल स्टोर पेट्रोल पम्पका सञ्चालक थिए । रकम लेनदेन विषयमा फोनमा विवाद भएपछि चौधरीले साहलाई घरमा बोलाएका थिए ।
घटनाका प्रत्यक्षदर्शी अमित साह घटनास्थलबाट उम्कन सफ्mल भएका छन् । निज साह मृतक मनोज साहका साथि हुन् । लामो समयदेखि हिसाब मिलमन नगरेका पंकज चौधरीलाई मनोज साहले फोन गरी रकम माग्दा विवाद भएको थियो ।
मृतक साहको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने, घटनाको बारेमा ठेकेदार चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्