Banijya News

सुरु भयो सामाजिक सुरक्षा कोषबाट पेन्सन वितरणः कोषमा जम्मा भएको रकम एक अर्ब नाघ्यो

1
1.1K Shares

बैशाख ३०, काठमाडौ ।
सामाजिक सुरक्षा कोषबाट श्रमिकका आश्रित परिवारलाई पेन्सन वितरणको काम सुरु भएको छ । यस कोषबाट छ जना योगदानकर्ताको मृत्यु भएको थियो । त्यस्मा आश्रित परिवारले पेन्सन वितरण गरेपछि यो कोषबाट खर्च गर्न कार्य आधिकारीक रुपमा सुरु भएको हो । कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ वटा दावीमा पाँच लाख ७७ हजार रुपियाँ भुक्तानी दिईसकेको छ । कोषमा संकलित रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा तीन करोड २५ लाख, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १५४ वटामा २६ लाख ४५ हजार, र वृद्धावस्था सुरक्षा योजनामा १२ जनालाई तीन लाख ९५ हजार रुपियाँ दावी भुक्तानी गरिसकिएको छ । दुर्घटना तथा असक्तता सुरक्षा योजनामा चार करोड ५५ लाख, आश्रित परिवार सुरक्षा योजनामा ८७ लाख र वृद्धावस्था सुरक्षा योजनामा ९२ करोड रुपियाँ जम्मा भएको कोषले जनाएको छ । कोषमा ४० हजार योगदानकर्ताको एक अर्ब रुपियाँभन्दा बढि रकम संकलन भइसकेको छ ।

1

Scroll to Top